कोरोना भाइरसका छ सय ५९ सङ्क्रमित थपिए
१३ पुष २०७७, सोमबार २१:१३काठमाडौं । नेपालमा कोरोना भाइरसका छ सय ५९ जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै सङ्क्रमित दुई लाख ५८ हजार ८४० पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा पाँच हजार ५७८ आरटीपीसीआर परीक्षण गरिएकोमा साे संख्यामा सङ्क्रमणको पुष्टि भएको हाे । मन्त्रालयका अनुसार हाल छ हजार ४२७ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।
पछिल्लो २४ घण्टामा सात सय १८ जना सङ्क्रमित निको भएका छन् । निको भएकाहरुको संख्या दुईलाख ५० हजार ५८१ पुगेको छ ।
पछिल्लो २४ घण्टामा सातजना सङ्क्रमितको मृत्युको पुष्टि भएको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट एक हजार ८३२ जनाको मृत्यु भएकाे मन्त्रालयले जनाएकाे छ ।