सोमवार, माघ १२, २०७७

कोरोना भाइरसका चारसय ८१ सङ्क्रमित थपिए

१२ पुष २०७७, आईतवार २०:०३
खबरइरा संवाददाता

काठमाडौं । नेपालमा कोरोना भाइरसका चारसय ८१ जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै सङ्क्रमित दुई लाख ५८ हजार १८१ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा छ हजार ५५९ जनाको आरटीपीसीआर परीक्षण गर्दा चारसय ८१ जना सङ्क्रमणको पुष्टि भएको जनाएकाे हाे । मन्त्रालयका अनुसार हाल छ हजार ४९३ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको छ ।

पछिल्लो २४ घण्टामा सात सय ३१ जना सङ्क्रमित निको भएका छन् । निको भएकाहरुको संख्या दुईलाख ४९ हजार ८६३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा छजना सङ्क्रमितको मृत्युको पुष्टि भएको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट एक हजार ८२५ जनाको मृत्यु भएकाे मन्त्रालयले जनाएकाे छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share