बुधबार, साउन २०, २०७८

कोरोनाभाइरसका ६०८ सङ्क्रमित थपिए

१० पुष २०७७, शुक्रबार १८:३१
खबरइरा संवाददाता

काठमाडौं । नेपालमा कोरोना भाइरसका ६०८ जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै सङ्क्रमित दुई लाख ५७ हजार २०० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा चार हजार १४२ जनाको आरटीपीसीआर परीक्षण गर्दा ६०८ जनामा सङ्क्रमणको पुष्टि भएको जनाएको छ । मन्त्रालयका अनुसार हाल सात हजार ९२ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।

पछिल्लो २४ घण्टामा ८९२ जना सङ्क्रमित निको भएका छन् । निको भएकाहरुको संख्या दुईलाख ४८ हजार २९२ पुगेको छ । पछिल्लो २४ घण्टामा नौ जना सङ्क्रमितको मृत्युको पुष्टि भएको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट एक हजार ८१६ जनाको मृत्यु भएकाे मन्त्रालयले जनाएकाे छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share