कोरोना भाइरसका ७२२ सङ्क्रमित थपिए
७ पुष २०७७, मंगलवार २१:०३काठमाडौं । नेपालमा कोरोना भाइरसका ७२२ जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै सङ्क्रमितको संख्या दुई लाख ५५ हजार २३६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा सातहजार वटा आरटी पीसीआर परीक्षण गर्दा ७२२ जनामा सङ्क्रमणको पुष्टि भएको जनाएको हाे ।
हाल सात हजार ७२९ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले पछिल्लो २४ घण्टामा ९६६ जना सङ्क्रमित निको भएर घर फर्केको जनाएको छ । हालसम्म दुई लाख ४५ हजार ७०९ जना निको भइसकेका छन् ।
मन्त्रालयले पछिल्लो २४ घण्टामा तीन जना सङ्क्रमितको मृत्यु भएको जनाएको छ । मन्त्रालयले हालसम्म नेपालमा कोरोना भाइरसबाट एक हजार ७९८ जनाको मृत्यु भएकाे जनाएकाे छ ।