मङ्लबार, माघ १३, २०७७

कोरोनाभाइरसका ७८२ सङ्क्रमित थपिए

३ पुष २०७७, शुक्रबार २१:५३
खबरइरा संवाददाता

काठमाडौं । नेपालमा कोरोनाभाइरसका ७८२ जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै सङ्क्रमितको संख्या दुई लाख ५२ हजार ४७४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ७८२ जनामा सङ्क्रमणको पुष्टि भएको जनाएको हाे । हाल नौ हजार ३१७ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले पछिल्लो २४ घण्टामा १०२९ जना सङ्क्रमित निको भएर घर फर्केको जनाएको छ । हालसम्म दुई लाख ४१ हजार ३९२ जना निको भइसकेका छन् ।

मन्त्रालयले पछिल्लो २४ घण्टामा १६ जना सङ्क्रमितको मृत्यु भएको जनाएको छ । हालसम्म नेपालमा कोरोनाभाइरसबाट एक हजार ७६५ जनाको मृत्यु दत्र्ता गरिएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share