कोरोनाभाइरसका ७७६ सङ्क्रमित थपिए
२ पुष २०७७, बिहीबार १८:४७काठमाडौं । नेपालमा कोरोनाभाइरसका ७७६ जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै सङ्क्रमितको संख्या दुई लाख ५१ ह्जार ६९२ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ७७६ जनामा सङ्क्रमणको पुष्टि भएको जनाएको हाे । हाल नौ हजार ५८० जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले पछिल्लो २४ घण्टामा ९४७ जना सङ्क्रमित निको भएर घर फर्केको जनाएको छ । हालसम्म दुई लाख ४० हजार ३६३ जना निको भइसकेका छन् ।
मन्त्रालयले पछिल्लो २४ घण्टामा छ जना सङ्क्रमितको मृत्यु भएको जनाएको छ । हालसम्म नेपालमा कोरोनाभाइरसबाट एक हजार ७४९ जनाको मृत्यु भइसकेकाे छ ।