आइतवार, जेष्ठ ३०, २०७८

कोरोना भाइरसका ९३६ सङ्क्रमित थपिए

३० मंसिर २०७७, मंगलवार १८:४१
खबरइरा संवाददाता

काठमाडौं । नेपालमा कोरोना भाइरसका ९३६ सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा एक हजार ९९६ जना सङ्क्रमित निको भएर घर फर्केका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोना भाइरसका कुल सङ्क्रमित दुई लाख ५० हजार १८० पुगेको जनाएकाे छ ।हालसम्म दुई लाख ३८ हजार ५६९ जना सङ्क्रमित निको भएका छन् । मन्त्रालयका अनुसार हाल नौ हजार ८८१ जनामा मात्रै भाइरसको सङ्क्रमण सक्रिय छ ।

पछिल्लो २४ घण्टामा १४ जना सङ्क्रमितले ज्यान गुमाएका छन् । उक्त मृतकसँगै नेपालमा कोरोनाभाइरसबाट हालसम्म मृत्यु हुनेको संख्या एक हजार ७३० पुगेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share