सर्वसत्तावाद काँग्रेसलाई स्वीकार्य छैन – सभापति देउवा
२९ मंसिर २०७७, सोमबार २२:१७हेटौँडा । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कुनै नाममा हुने सर्वसत्तावाद काँग्रेसलाई स्वीकार्य नभएको बताउनु भएकाे छ । उहाँले वर्तमान सरकारको कामजोरीका कारण राजा समर्थकले सडकमा प्रदर्शन गरे पनि सो अभिष्ट पूरा नहुने बताउनु भयाे ।
काँग्रेसको देशव्यापी विरोध प्रदर्शनका क्रममा बागमती प्रदेशको राजधानी हेटौँडामा सोमबार आयोजित विरोध सभामा विगतमा जनताको अधिकार जनतालाई नै दिन जनताको जनादेशलाई राजाले स्वय्कले आफूलाई नै थुनेको बताउँदै ‘राजा आउ देश बचाउ’ भन्दै सडकमा गरिएको प्रदर्शनको औचित्य नभएको बताउनुभएको छ ।
उहाँले जनता सङ्घीय गणतन्त्रको पक्षमा रहेको बताउँदै काँग्रेस सभापति देउवाले भन्नुभयो, ‘लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै दलित, जनजाति, विपन्नलगायतको अधिकारलाई समृद्ध र उनीहरुको पक्षमा काम गर्ने दायित्व अब काँग्रेसमा आएको छ ।’