कोरोना भाइरसका ८२१ सङ्क्रमित थपिए
२९ मंसिर २०७७, सोमबार २१:५९काठमाडौं । नेपालमा कोरोना भाइरसका ८२१ सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ८४२ जना सङ्क्रमित निको भएर घर फर्केका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोना भाइरसका कुल सङ्क्रमित दुई लाख ४९ हजार २४४ पुगेको जनाएकाे छ ।
हालसम्म दुई लाख ३६ हजार ५७३ जना सङ्क्रमित निको भएका छन् । मन्त्रालयका अनुसार हाल दश हजार ९५५ जनामा मात्रै भाइरसको सङ्क्रमण सक्रिय छ ।
पछिल्लो २४ घण्टामा १८ जना सङ्क्रमितले ज्यान गुमाएका छन् । उक्त मृतकसँगै नेपालमा कोरोनाभाइरसबाट हालसम्म मृत्यु हुनेको संख्या एक हजार ७१८ पुगेको छ ।