कोरोना भाइरसका ८३० सङ्क्रमित थपिए
२८ मंसिर २०७७, आईतवार २०:२३काठमाडौं । नेपालमा कोरोना भाइरसका ८३० सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा एक हजार पाँचसय जना सङ्क्रमित निको भएर घर फर्केका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ८३० सङ्क्रमित थपिएको जनाएकाे हाे । थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोना भाइरसका सङ्क्रमित दुई लाख ४८ हजार ४२३ पुगेको छ । एक हजार पाँचसय जना निको भएर घर फर्केको जनाएको छ । हालसम्म दुई लाख ३५ हजार ७३१ जना सङ्क्रमित निको भएका छन् । मन्त्रालयका अनुसार हाल दश हजार ९९५ जनामा मात्रै भाइरसको सङ्क्रमण सक्रिय छ ।
पछिल्लो २४ घण्टामा ९ जना सङ्क्रमितले ज्यान गुमाएका छन् । उक्त मृतकसँगै नेपालमा कोरोनाभाइरसबाट हालसम्म मृत्यु हुनेको संख्या एक हजार ६९८ पुगेको छ ।