शनिबार, चैत्र २८, २०७७

कोरोना भाइरसका ८९९ सङ्क्रमित थपिए

२७ मंसिर २०७७, शनिबार १७:२५
खबरइरा संवाददाता

काठमाडौं । नेपालमा कोरोना भाइरसका ८९९ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा एक हजार ३५९ जना सङ्क्रमित निको भएर घर फर्केका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ८९९ सङ्क्रमित थपिएकोमा एक हजार ३५९ जना निको भएर घर फर्केको जनाएको छ । थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाभाइरसका सङ्क्रमित दुई लाख ४७ हजार ५९३ पुगेको छ ।

मन्त्रालयका अनुसार हाल ११ हजार ६७३ जनामा मात्रै भाइरसको सङ्क्रमण सक्रिय छ । हालसम्म दुई लाख ३४ हजार २३१ जना सङ्क्रमित निको भएका छन् ।

पछिल्लो २४ घण्टामा १५ जना सङ्क्रमितले ज्यान गुमाएका छन् । उक्त मृतकसँगै नेपालमा कोरोनाभाइरसबाट हालसम्म मृत्यु हुनेको संख्या एक हजार ६८९ पुगेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share