शनिबार, बैशाख ४, २०७८

काेराेना भाइरसका एक हजार ५६ सङ्क्रमित थपिए

२४ मंसिर २०७७, बुधबार २०:४३
खबरइरा संवाददाता

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा काेराेना भाइरस एक हजार ५६ जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै नेपालमा सङ्क्रमितको संख्या दुई लाख ४४ हजार ४३३ पुगेको छ । हाल १२ हजार २४५ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।

पछिल्लाे २४ घण्टामा एक हजार ४८३ जना सङ्क्रमित निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा साे संख्यामा सङ्क्रमित निको भएकाे जनाएकाे हाे । हालसम्म दुई लाख ३० हजार ५३७ जना सङ्क्रमित निको भइसकेका छन् ।

मन्त्रालयले पछिल्लो २४ घण्टामा १४ जना सङ्क्रमितको मृत्यु भएको उल्लेख गरेको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट एक हजार ६५१ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share