काेराेना भाइरसका एक हजार ३८२ सङ्क्रमित थपिए
२३ मंसिर २०७७, मंगलवार २०:१०काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा काेराेना भाइरसका एक हजार ३८२ जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै नेपालमा सङ्क्रमितको संख्या दुई लाख ४३ हजार ३७७ पुगेको छ ।
पछिल्लाे चाैबीस २४ घण्टामा एक हजार ६२१ जना सङ्क्रमित निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा साे संख्यामा सङ्क्रमित निको भएकाे जनाएका हुन् । हालसम्म दुई लाख २९ हजार ५४ जना सङ्क्रमित निको भइसकेका छन् । हाल १२ हजार ६८६ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।
मन्त्रालयले पछिल्लो २४ घण्टामा २३ जना सङ्क्रमितको मृत्यु भएको उल्लेख गरेको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट एक हजार ६३७ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।