मङ्लबार, माघ १३, २०७७

गुरु नानक देवजीको ५५१ औं जयन्ती

१६ मंसिर २०७७, मंगलवार १७:४३
खबरइरा संवाददाता

काठमाडौं । विश्व हिन्दू परिषद नेपालको आयोजनामा गुरु नानक देवजीको ५५१ औं जयंती मनाइएको छ । हिजो सप्तरी लगायतका विभिन्न जिल्लाहरुमा परिषदका स्थानीय कार्यकर्ताहरुले कार्यक्रम आयोजना गरेका थिए ।

विश्व हिन्दू परिषद नेपालले प्रत्येक वर्ष गुरु नानक देवजीको जयन्तीको अवसरमा देशभर कार्यक्रमहरु आयोजना गरी भव्यताका साथ मनाउने गर्छ । ओमकार परिवार भित्र कै सिख धर्म पनि भएको हुनाले परिषदले प्रत्येक वर्ष गुरु नानक देवजीको जयन्ती मनाउने गर्छन । कार्यक्रममा परिषदका वक्ताहरुले गुरु नानक देवजीको जीवनी एवं समाजमा वहाँले पुर्याउनु भएको योगदानबारे प्रकाश पार्नु भएको थियो ।

विश्व हिन्दू परिषद नेपालले ओमकार परिवार भित्रका बौद्ध, सिख, जैन, किरात आदि पन्थका कार्यक्रमहरु बडो हर्षोल्लासका साथ मनाउने गर्दछन । यस किसिमको कार्यक्रमहरुले सनातन धर्मावलम्बीहरुलाई एकताको सुत्रमा बाध्ने विश्व हिन्दू परिषद नेपालको विश्वास रहेको परिषदका एक अधिकारीले बताउनु भयो ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share