शनिबार, बैशाख ४, २०७८

कोरोना भाइरसका एक हजार ४७४ सङ्क्रमित थपिए

१५ मंसिर २०७७, सोमबार १८:५९
खबरइरा संवाददाता

काठमाडौं । नेपालमा कोरोना भाइरसका एक हजार ४७४ जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै नेपालमा सङ्क्रमितको संख्या दुई लाख ३३ हजार ४५२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा एक हजार ४७४ जना सङ्क्रमित थपिएकाे पुष्टि भएको उल्लेख गरेको छ । हाल १७ हजार ४२३ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक हजार ९३१ जना सङ्क्रमित निको भएका छन् । हालसम्म दुई लाख १४ हजार ५२१ जना सङ्क्रमित निको भइसकेका छन् ।

मन्त्रालयले पछिल्लो २४ घण्टामा २९ जना सङ्क्रमितको मृत्यु भएको उल्लेख गरेको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट एक हजार ५०८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share