बुधबार, साउन २०, २०७८

कोरोना भाइरसका एक हजार ३८० सङ्क्रमित थपिए

१३ मंसिर २०७७, शनिबार १९:५२
खबरइरा संवाददाता

काठमाडौं । नेपालमा कोरोनाभाइरसका एक हजार ३८० जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै नेपालमा सङ्क्रमितको संख्या दुई लाख ३० हजार ७२३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा एक हजार ३८० जनामा सङ्क्रमण पुष्टि भएको उल्लेख गरेको छ । हाल १८ हजार ८३ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५१५ जना सङ्क्रमित निको भएका छन् । हालसम्म दुई लाख ११ हजार १८६ जना सङ्क्रमित निको भइसकेका छन् । मन्त्रालयले पछिल्लो २४ घण्टामा १९ जना सङ्क्रमितको मृत्यु भएको उल्लेख गरेको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट एक हजार ४५४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share