कोरोना भाइरसका एक हजार ९४८ सङ्क्रमित थपिए
१० मंसिर २०७७, बुधबार १८:३६काठमाडौं । नेपालमा कोरोना भाइरसका एक हजार ९४८ जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै नेपालमा सङ्क्रमितको संख्या दुई लाख २६ हजार २६ पुगेको छ । थपिएका सङ्क्रमितसँगै सक्रिय सङ्क्रमित संख्या १६ हजार ६३९ छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा तीन हजार १४० निको भएकाे जनाएकाे छ । याेसँगै निको हुनेको संख्या दुई लाख ७ हजार ९९८ पुगेकाे छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा थप २८जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ३८९पुगेको छ ।