बिहिबार, असार १०, २०७८

मेहेलकुनामा वातावरणको अठारौं वार्षिक साधारणसभा

१० मंसिर २०७७, बुधबार १२:४४
खबरइरा संवाददाता

सुर्खेत । वातावरण सुधार बहुउद्देश्यीय सहकारी संस्था लि. सुर्खेतको अठारौं वार्षिक साधारणसभा अन्तर्गत एकाई नं. १ को एकाई बैठक मंगलबार मेहेलकुनामा सम्पन्न भएको छ ।

सहकारी ऐन नियम अनुसार एकाई बैठकहरु मार्फत वार्षिक साधारण सभाहरु संचालन गर्नुपर्ने भए बमोजिम एकाई नं. १ अन्तर्गत मेहेलकुना र रामघाट सेवाकेन्द्रका भेरीगंगा, लेकवेशी र गुर्भाकोट क्षेत्रमा रहेका सदस्यहरुको उपस्थितिमा मेहेलकुनामा वार्षिक साधारण सभाको एकाई बैठक सम्पन्न भएको संस्थाका प्रवन्धक श्यामलाल न्यौपानेले बताउनुभयो ।

संस्था संचालक समितिका सदस्य अनन्तप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न अठारौ वार्षिक साधारण सभाको एकाई बैठकले संस्थाका वरिष्ठ प्रवन्धक किरण बस्नेतले पेश गरेको संस्थाको चालु आ.व.२०७७/०७८ को ५ अर्व ९९ करोड ५४ लाख २२ हजार १ सय ८२ रुपैयाँ ३८ पैसाको संशोधित र आगामी आ.व. २०७८/०७९ को ६ अर्व ७३ करोड ९७ लाख २ हजार ८ सय १९ रुपैयाँ ३८ पैसाको प्रस्तावित बजेट तथा कार्यक्रमलाई समेत स्वीकृत गरेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share