कोरोना भाइरसका एक हजार ९८० सङ्क्रमित थपिए
८ मंसिर २०७७, सोमबार २०:१०काठमाडौं । नेपालमा कोरोना भाइरसका एक हजार ९८० जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै नेपालमा सङ्क्रमितको संख्या दुई लाख २२ हजार २८८ पुगेको छ । यो सँगै सक्रिय सङ्क्रमित संख्या १८ हजार ८८४ रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लाे २४ घण्टामा तीन हजार ४३ जना निको भएका छन् भने हालसम्म निको हुनेको संख्या दुई लाख दुई हजार ६७ जना रहेको जनाएकाे छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा थप १६ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ३३७ पुगेको छ ।