कोरोना भाइरसका एक हजार ६७४ सङ्क्रमित थपिए
६ मंसिर २०७७, शनिबार २०:५७काठमाडौं । नेपालमा कोरोना भाइरसका एक हजार ६७४ जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै नेपालमा सङ्क्रमितको संख्या दुई लाख १८ हजार ६३९ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा करिब दश हजार जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा एक हजार ६७४ जनामा सङ्क्रमण पुष्टि भएको उल्लेख गरेको छ । हाल २४ हजार नौ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा दुई हजार ३२३ जना सङ्क्रमित निको भएका छन् । हालसम्म एक लाख ९३ ह्जार ३२५ जना सङ्क्रमित निको भइसकेका छन् । मन्त्रालयले पछिल्लो २४ घण्टामा सात जना सङ्क्रमितको मृत्युको भएकाे जनाएकाे छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट एक हजार ३०५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।