कोरोना भाइरसका एक हजार ४४२ सङ्क्रमित थपिए
३ मंसिर २०७७, बुधबार १९:३१काठमाडौं । नेपालमा कोरोना भाइरसका एक हजार ४४२ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा एक हजार ४४२ जना सङ्क्रमित थपिएको र तीन हजार ५३८ जना सङ्क्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थपिएका सङ्क्रमितसँगै नेपालमा सङ्क्रमितको संख्या दुई लाख १२ हजार ९१७ पुगेको जनाएको छ । हालसम्म एक लाख ८२ हजार ७८० जना सङ्क्रमित निको भएको मन्त्रालयले जनाएको छ । हाल २८ हजार ८७८ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।
पछिल्लो २४ घण्टामा १२ जना कोभिड सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या एक हजार २५९ पुगेको छ ।