बिहिबार, असार १०, २०७८

कोरोना भाइरसका एक हजार १९७ सङ्क्रमित थपिए

१ मंसिर २०७७, सोमबार १७:२३
खबरइरा संवाददाता

काठमाडौं । नेपालमा कोरोना भाइरसका एक हजार १९७ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा एक हजार १९७ जना सङ्क्रमित थपिएको र दुई हजार ९३४ जना सङ्क्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थपिएका सङ्क्रमितसँगै नेपालमा सङ्क्रमितको संख्या दुई लाख १० हजार ९७३ पुगेको जनाएको छ । हाल ३३ हजार ३७९ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । हालसम्म एक लाख ७६ हजार ३६४ जना सङ्क्रमित निको भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ९ जना कोभिड सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या एक हजार २३० पुगेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share