कोरोना भाइरसका एक हजार ४७७ सङ्क्रमित थपिए
३० कार्तिक २०७७, आईतवार १८:३६काठमाडौं । नेपालमा कोरोना भाइरसका एक हजार ४७७ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा एक हजार ४७७ जना सङ्क्रमित थपिएको र दुई हजार ७९८ जना सङ्क्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थपिएका सङ्क्रमितसँगै नेपालमा सङ्क्रमितको संख्या दुई लाख नौ हजार ७७६ पुगेको जनाएको छ । हाल ३५ हजार १२५ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । हालसम्म एक लाख ७३ हजार ४३० जना सङ्क्रमित निको भएको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ६ जना कोभिड सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या एक हजार २२१ पुगेको छ ।