बुधबार, माघ ७, २०७७

कोरोना भाइरसका एक हजार ९४६ सङ्क्रमित थपिए

२९ कार्तिक २०७७, शनिबार १८:२५
खबरइरा संवाददाता

काठमाडौं । नेपालमा कोरोनाभाइरसका एक हजार ९४६ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा एक हजार ९४६ जना सङ्क्रमित थपिएको र दुई हजार ५०३ जना सङ्क्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थपिएका सङ्क्रमितसँगै नेपालमा सङ्क्रमितको संख्या दुई लाख आठ हजार २९९ पुगेको जनाएको छ । हाल ३६ हजार ४५२ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको छ । हालसम्म एक लाख ७० हजार ६३२ जना सङ्क्रमित निको भएको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा १३ जना कोभिड सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या एक हजार २१५ पुगेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share