कोरोना भाइरसका दुई हजार १११ सङ्क्रमित थपिए
२८ कार्तिक २०७७, शुक्रबार २०:४०काठमाडौं । नेपालमा कोरोना भाइरसका दुई हजार १११ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा दुई हजार १११ जना सङ्क्रमित थपिएको र तीन हजार ५३७ जना सङ्क्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थपिएका सङ्क्रमितसँगै नेपालमा सङ्क्रमितको संख्या दुई लाख छ हजार ३५३ पुगेको जनाएको छ । हाल ३७ हजार २२ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । हालसम्म एक लाख ६८ हजार १२९ जना सङ्क्रमित निको भएको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा १३ जना कोभिड सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या एक हजार २०२ पुगेको छ ।