कोरोना भाइरस दुई हजार ५६९ सङ्क्रमित थपिए
२६ कार्तिक २०७७, बुधबार १८:०६काठमाडौं । नेपालमा कोरोनाभाइरस दुई हजार ५६९ जना सङ्क्रमित थपिएका छन् । याे सँगै नेपालमा सङ्क्रमितको संख्या दुई लाख दुई हजार ३२९ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक हजार ६६६ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म एक लाख ६२ हजार २४३ जना सङ्क्रमित निको भएको मन्त्रालयले जनाएको छ । हाल नेपालमा ३८ हजार ९१२ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको छ ।
पछिल्लो २४ घण्टामा २६ जना कोभिड सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या एक हजार १७४ पुगेको छ ।