आइतवार, जेष्ठ ३०, २०७८

कोरोना भाइरसका दुई हजार ७३६ सङ्क्रमित थपिए

२५ कार्तिक २०७७, मंगलवार २०:१८
खबरइरा संवाददाता

काठमाडौं । नेपालमा कोरोना भाइरसका दुई हजार ७३६ सङ्क्रमित थपिएका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ९६० जनाको आरटीपीसीआर परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८५३ सङ्क्रमित निको भएर घर फर्केका छन् ।

मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभरि दुई हजार ७३६ जना सङ्क्रमित थपिएको जनाएको हो । थपिएका सङ्क्रमितसँगै नेपालमा सङ्क्रमित संख्या एक लाख ९९ हजार ७६० पुगेको छ । हाल ३८ हजार ३५ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ८५३ सङ्क्रमित निको भएसँगै हालसम्म एक लाख ६० हजार ५७७ जना निको भएर घर फर्केका छन् ।

पछिल्लो २४ घण्टामा २२ जना कोभिड सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या एक हजार १४८ पुगेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share