शनिबार, चैत्र २८, २०७७

कोरोना भाइरसका दुई हजार ८१७ सङ्क्रमित थपिए

२३ कार्तिक २०७७, आईतवार २०:११
खबरइरा संवाददाता

काठमाडौं । नेपालमा कोरोना भाइरसका दुई हजार ८१७ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा दुई हजार ८१२ सङ्क्रमित निको भएर घर फर्केका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ३११ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।

मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभरि दुई हजार ८१७ जना सङ्क्रमित थपिएको जनाएको छ । थपिएका सङ्क्रमितसँगै नेपालमा सङ्क्रमित संख्या एक लाख ९४ हजार ४५३ पुगेको छ । हाल ३५ हजार ४१९ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा दुई हजार ८१२ सङ्क्रमित निको भएसँगै हालसम्म एक लाख ५७ हजार ९२६ जना निको भएर घर फर्केका छन् ।

पछिल्लो २४ घण्टामा २१ जना कोभिड सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या एक हजार १०८ पुगेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share