मङ्लबार, चैत्र ३१, २०७७

कोरोना भाइरसका दुई हजार ९०९ सङ्क्रमित थपिए

२१ कार्तिक २०७७, शुक्रबार २०:३३
खबरइरा संवाददाता

काठमाडौं । नेपालमा कोरोनाभाइरसका दुई हजार ९०९ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा चार हजार पाँच सय सङ्क्रमित निको भएर घर फर्केका छन् ।

मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभरि दुई हजार ९०९ जना सङ्क्रमित थपिएको जनाएको छ । थपिएका सङ्क्रमितसँगै नेपालमा सङ्क्रमित संख्या एक लाख ८८ हजार ८८३ पुगेको छ । हाल ३४ हजार ९०५ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा चार हजार पाँच सय सङ्क्रमित निको भएसँगै हालसम्म एक लाख ५२ हजार ९०८ जना निको भएर घर फर्केका छन् । पछिल्लो २४ घण्टामा १८ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या एक हजार ७० पुगेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share