आइतवार, माघ ४, २०७७

कोरोना भाइरसका तीन हजार ११४ सङ्क्रमित थपिए

१८ कार्तिक २०७७, मंगलवार २०:१४
खबरइरा संवाददाता

काठमाडौं । नेपालमा कोरोना भाइरसका तीन हजार ११४ जना सङ्क्रमित थपिएका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार १६६ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा साे सङ्क्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा सङ्क्रमित एक लाख ७९ हजार ६१४ पुगेको छ । हाल ३७ हजार ४७६ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।

मन्त्रालयले पछिल्लो २४ घण्टामा तीन हजार १४२ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केको जनाएको छ । हालसम्म एक लाख ४१ हजार १३४ सङ्क्रमित निको भएर घर फर्केका छन् ।

पछिल्लो २४ घण्टामा २० जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या एकहजार चार पुगेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share