आइतवार, जेष्ठ ३०, २०७८

कोरोना भाइरसका दुई हजार ९३३ सङ्क्रमित थपिए

१७ कार्तिक २०७७, सोमबार १९:४४
खबरइरा संवाददाता

काठमाडौं । नेपालमा कोरोनाभाइरसका दुई हजार ९३३ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा दुई हजार ९३३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार ४४६ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा साे सङ्क्रमण पुष्टि भएको हाे । पछिल्लो २४ घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा सङ्क्रमित एक लाख ७६ हजार पाँचसय पुगेको छ । हाल ३७ हजार ५२४ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।

मन्त्रालयले पछिल्लो २४ घण्टामा तीन हजार १५० जना कोरोना सङ्क्रमित निको भएर घर फर्केको जनाएको छ । हालसम्म एक लाख ३७ हजार ९९२ सङ्क्रमित निको भएर घर फर्केका छन् । पछिल्लो २४ घण्टामा २४ जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ९८४ पुगेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share