बिहिबार, मंसिर ११, २०७७

कोरोना भाइरसका तीन हजार ५१७ सङ्क्रमित थपिए

१४ कार्तिक २०७७, शुक्रबार १९:०६
खबरइरा संवाददाता

काठमाडौं । नेपालमा कोरोना भाइरसका तीन हजार ५१७ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा तीन हजार ५१७ जना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लाे २४ घण्टामा १४ हजार ९०९ नमुना परीक्षण गरिएकाे जनाएकाे छ । थपिएका सङ्क्रमितसँगै नेपालमा सङ्क्रमित एक लाख ६८ हजार २३५ पुगेको छ । हाल ३८ ह्जार ३५७ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।

मन्त्रालयले पछिल्लो २४ घण्टामा चार हजार ९६ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केको जनाएको छ । हालसम्म एक लाख २८ हजार ९५८ सङ्क्रमित निको भएर घर फर्केका छन् ।

पछिल्लो २४ घण्टामा १६ जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ९२० पुगेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share