बिहिबार, मंसिर ११, २०७७

कोरोना भाइरसका ५७० सङ्क्रमित थपिए

११ कार्तिक २०७७, मंगलवार १८:४५
खबरइरा संवाददाता

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ५७० जनामा कोरोनाभाइरस सङ्क्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा दुई हजार ७२५ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ५७० जनामा सङ्क्रमणको पुष्टि भएको जनाएको हो । थपिएका सङ्क्रमितसँगै नेपालमा सङ्क्रमित एक लाख ६० हजार ४०० पुगेको छ । हाल ४० ह्जार ६८१ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।

मन्त्रालयले पछिल्लो २४ घण्टामा तीन हजार १६८ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केको जनाएको छ । हालसम्म एक लाख १८ हजार ८४३ सङ्क्रमित निको भएर घर फर्केका छन् । पछिल्लो २४ घण्टामा १४ जना सङ्क्रमितको मृत्यु भएको छ । यो सँगै कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ८७६ पुगेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share