बिहिबार, मंसिर ११, २०७७

कोरोना भाइरसका एक हजार ७४१ सङ्क्रमित थपिए

१० कार्तिक २०७७, सोमबार १८:४९
खबरइरा संवाददाता

काठमाडौं । नेपालमा कोरोना भाइरसका एक हजार ७४१ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पाँच हजार ६ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा एक हजार ७४१ जनामा सङ्क्रमण पुष्टि भएको जनाएको हो । थपिएका सङ्क्रमितसँगै नेपालमा सङ्क्रमित एक लाख ५९ हजार ८३० पुगेको छ । हाल ४३ ह्जार २९३ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।

मन्त्रालयले पछिल्लो २४ घण्टामा चार हजार ५ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म एक लाख १५ हजार ६७५ सङ्क्रमित निको भएर घर फर्केका छन् । पछिल्लो २४ घण्टामा पन्ध्र जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८६२ पुगेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share