बिहिबार, मंसिर ११, २०७७

उपचार व्यहोर्न नसक्ने कोभिड-१९ का विरामीको उपचार निःशुल्क गर्नु

९ कार्तिक २०७७, आईतवार २०:३०
खबरइरा संवाददाता

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कतिपय अस्पतालले कोभिड-१९ का विरामीलाई अस्पतालमा भर्ना रकम माग गरेको र रकम अभावमा उपचार गर्न नपाएकाे सम्बन्धमा मन्त्रालयको ध्यान आर्कषित भएको जनाएकाे छ । मन्त्रालयले गरीब, विपन्न र अशक्त, असहाय र ज्येष्ठ नागरिकको उपचार नेपाल सरकाले निःशुल्क गर्ने र सो उपचार वापतको खर्च सरकारले व्यहोर्ने स्पष्ट पारेको छ ।

मन्त्रालयका तर्फबाट आसीएस कोअर्डिनेटर डा.गुणराज लोहनीले जारी गर्नु भएको विज्ञप्तिमा कुनै पनि विरामीलाई उपचार खर्चको अभावमा उपचारबाट बञ्चित गर्नु अस्पतालकाे सेवा मर्म, स्वास्थ्यकर्मीको आचारसंहिता विपरित हुने स्मरण गराइएको छ ।

सबै सरकारी, सामुदायिक, निजी, गैरसरकारी अस्पतालहरु, मेडिकिल कलेजहरुले उपचार व्यहोर्न नसक्ने कोभिड-१९ का विरामीको उपचार निःशुल्क गर्न मन्त्रालयद्वारा जारी विज्ञप्तिमा आग्रह गरिएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share