बिहिबार, मंसिर ११, २०७७

कोरोना भाइरसका दुई हजार ८५६ सङ्क्रमित थपिए

९ कार्तिक २०७७, आईतवार २०:२४
खबरइरा संवाददाता

काठमाडौं । नेपालमा कोरोना भाइरसका दुई हजार ८५६ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ३११ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा दुई हजार ८५६ जनामा सङ्क्रमण पुष्टि भएको जनाएको हो । थपिएका सङ्क्रमितसँगै नेपालमा सङ्क्रमित एक लाख ५८ हजार ८९ पुगेको छ । हाल ४५ ह्जार ५७२ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।

मन्त्रालयले पछिल्लो २४ घण्टामा तीन हजार ३३६ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म एक लाख ११ हजार ६७० सङ्क्रमित निको भएर घर फर्केका छन् । पछिल्लो २४ घण्टामा पाँच जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८४७ पुगेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share