बिहिबार, मंसिर ११, २०७७

कोरोना भाइरसका दुई हजार २२५ सङ्क्रमित थपिए

८ कार्तिक २०७७, शनिबार २०:२०
खबरइरा संवाददाता

काठमाडौं । नेपालमा कोरोना भाइरसका दुई हजार २२५ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार ८४६ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा दुई हजार २२५ जनामा सङ्क्रमण पुष्टि भएको जनाएको हो । थपिएका सङ्क्रमितसँगै नेपालमा सङ्क्रमित एक लाख ५५ हजार २३३ पुगेको छ । हाल ४६ ह्जार ५७ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।

मन्त्रालयले पछिल्लो २४ घण्टामा दुई हजार ८४६ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केको जनाएको छ । हालसम्म एक लाख आठ हजार ३३४ सङ्क्रमित निको भएर घर फर्केका छन् । पछिल्लो २४ घण्टामा १३ जना सङ्क्रमितको मृत्यु भएको छ । यो सँगै कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ८४२ पुगेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share