कोरोना भाइरसका चार हजार ४९९ जना सङ्क्रमित थपिए
७ कार्तिक २०७७, शुक्रबार १८:३३काठमाडौं । नेपालमा कोरोना भाइरसका चार हजार ४९९ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा १६ हजार ८६४ जनाको आरटी पीसीआर परीक्षण गरिएकोमा चार हजार ४९९ जनामा सङ्क्रमण पुष्टि भएको जनाएको हो ।
थपिएका सङ्क्रमितसँगै नेपालमा सङ्क्रमित एक लाख ५३ हजार आठ पुगेको छ । हाल ४६ हजार ६९१ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।
मन्त्रालयले पछिल्लो २४ घण्टामा दुई हजार ६८८ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केको जनाएको छ । हालसम्म एक लाख पाँच हजार ४८८ सङ्क्रमित निको भएर घर फर्केका छन् । पछिल्लो २४ घण्टामा १७ जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८२९ पुगेको छ ।