बिहिबार, मंसिर ११, २०७७

कोरोना भाइरसका तीन हजार ६३७ जना सङ्क्रमित थपिए

६ कार्तिक २०७७, बिहीबार १९:५१
खबरइरा संवाददाता

काठमाडौं । नेपालमा कोरोनाभाइरसका तीन हजार ६३७ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५ हजार २५५ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा तीन हजार ६३७ जनामा सङ्क्रमण पुष्टि भएको जनाएको हो । थपिएका सङ्क्रमितसँगै नेपालमा सङ्क्रमित एक लाख ४८ हजार ५०९ पुगेको छ । हाल ४४ ह्जार ८७७ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा तीन हजार २१५ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म कुल एक लाख दुई हजार ८२० डिस्चार्ज भएका छन् ।

पछिल्लो २४ घण्टामा २१ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड-१९ को कारणले मृत्यु हुनेको संख्या ८१२ पुगेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share