कोरोना भाइरसका दुई हजार ९४२ सङ्क्रमित थपिए
२ कार्तिक २०७७, आईतवार १९:४४काठमाडौं । नेपालमा कोरोना भाइरसका दुई हजार ९४२ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा साे संख्यामा सङ्क्रमित थपिएका हुन् । साे संख्यामा सङ्क्रमित थपिएसँगै नेपालमा सङ्क्रमित एक लाख ३२ हजार २४६ पुगेकाे छ । हाल ३९ हजार ३४१ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा दुई हजार ३२६ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म ९२ हजार १६६ जना सङ्क्रमित निको भएर घर फर्केका छन् ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरसका कारण १२ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड-१९ को कारणले मृत्यु हुनेको संख्या ७३९ पुगेको छ ।