आइतवार, कार्तिक १६, २०७७

कोरोना भाइरसका दुई हजार ६३८ सङ्क्रमित थपिए

२८ आश्विन २०७७, बुधबार १९:४६
खबरइरा संवाददाता

काठमाडौं । नेपालमा कोरोना भाइरसका दुई हजार ६३८ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार ९४७ वटा नमूना परीक्षण गरिएकाेमा साे संख्यामा सङ्क्रमित थपिएका हुन् । साे संख्यामा सङ्क्रमित थपिएसँगै एक लाख १७ हजार ९९६ जना पुगेकाे छ । हाल ३६ हजार ३६७ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा दुई हजार १७४ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म ८० हजार ९५४ सङ्क्रमित निको भएर घर फर्केका छन् ।

पछिल्लो २४ घण्टामा १२ जनाको कोरोना भाइरसका कारणले मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड-१९ को कारणले मृत्यु हुनेको संख्या ६७५ पुगेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share