शुक्रबार, कार्तिक १४, २०७७

कोरोना भाइरसका दुई हजार ७१ सङ्क्रमित थपिए

२५ आश्विन २०७७, आईतवार १९:३३
खबरइरा संवाददाता

काठमाडौं । नेपालमा कोरोना भाइरसका दुई हजार ७१ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो संख्यामा सङ्क्रमित थपिएसँगै एक लाख सातहजार ७५५ जना पुगेको छ ।

हाल ३३ हजार ३१५ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले पछिल्लो २४ घण्टामा एक हजार ५५२ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म ७५ हजार ८०४ सङ्क्रमित निको भएर घर फर्केका छन् ।

पछिल्लो २४ घण्टामा २२ जनाको कोरोना भाइरसका कारणले मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड १९ को कारणले मृत्यु हुनेको संख्या ६३६ पुगेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share