बिहिबार, कार्तिक १३, २०७७

कोरोना भाइरसका पाँच हजार आठ जना सङ्क्रमित थपिए

२४ आश्विन २०७७, शनिबार २०:४०
खबरइरा संवाददाता

काठमाडौं । नेपालमा कोरोना भाइरसका पाँच हजार आठ जना सङ्क्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा १९ हजार ३२० जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा पाँच हजार आठ जनामा सङ्क्रमणको पुष्टि भएको जनाएको हो । थपिएका सङ्क्रमितसँगै नेपालमा सङ्क्रमित एक लाख पाँच हजार ६८४ पुगेको छ । हाल ३० ह्जार ८१८ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।

मन्त्रालयले पछिल्लो २४ घण्टामा एक हजार २२९ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म ७४ हजार २५२ सङ्क्रमित निको भएर घर फर्केका छन् ।

कोरोनाबाट थप १४ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या ६१४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share