बिहिबार, कार्तिक ६, २०७७

कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

२४ आश्विन २०७७, शनिबार २०:२९
रासस

काठमाडौँ । नेपाली कांग्रेसको भोलि आइतबारका लागि निर्धारण गरिएको केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ । कांग्रेसका पूर्व कोषाध्यक्ष एवं अग्रज समाजसेवी रामबाबु प्रसाई (खनपरुदे प्रकाहा) को यही असोज २३ गते भएको निधनका कारण बैठक स्थगित गरिएको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

प्रसाईंको काठमाडौंस्थित ॐ अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । उहाँको निधनमा कांग्रेसले असोज २४, २५ र २६ गते पार्टीको केन्द्रीय कार्यालय र मातहतका सबै कार्यालयमा झण्डा आधा झुकाउने बताएको छ ।

त्यस्तै असोज २५ गते केन्द्र र मातहतका सबै कार्यालय बन्द गर्ने तथा १३औं दिनसम्म केन्द्र र जिल्ला कार्यालयहरुमा शोकपुस्तिका राख्ने मुख्य सचिव पौडेलले जानकारी दिनुभयो । बैठकमा पार्टीको आगामी १४ औँ महाधिवेशन तयारी सन्दर्भमा छलफल हुने कार्यसूची तय भएको थियो ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share