कोरोना भाइरसका चार हजार ३६४ जना सङ्क्रमित थपिए
२२ आश्विन २०७७, बिहीबार १६:५२काठमाडौँ । नेपालमा कोरोना भाइरसका चार हजार ३६४ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो संख्यामा सङ्क्रमित थपिएका हुन् ।
सो सङ्क्रमितसहित ९८ हजार ६१७ जनामा सङ्क्रमण पुष्टि भएको जनाएको हो । हाल २६ हजार सात जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले पछिल्लो २४ घण्टामा २ हजार ६७५ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हालसम्म ७१ हजार ३४३ जना सङ्क्रमित निको भएर घर फर्केका छन् ।
पछिल्लो २४ घण्टामा १२ जनाको कोरोना भाइरसका कारणले मृत्यु भएको छ । योसँगै नेपालमा कुल ५९० जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ ।