शुक्रबार, कार्तिक ७, २०७७

कोरोना भाइरसका तीन हजार ४३९ जना सङ्क्रमित थपिए

२१ आश्विन २०७७, बुधबार १९:५६

काठमाडौँ । नेपालमा कोरोना भाइरसका तीन हजार ४३९ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४ हजार २०९ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा सो संख्यामा सङ्क्रमित थपिएका हुन् ।

सो सङ्क्रमितसहित ९४ हजार २५३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हाल २५ हजार सात जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।

मन्त्रालयले पछिल्लो २४ घण्टामा एक हजार १२६ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केको बताएको छ । हालसम्म ६८ हजार ६६८ जना सङ्क्रमित निको भएर घर फर्केका छन् ।

पछिल्लो २४ घण्टामा १५ जनाको कोरोना भाइरसका कारणले मृत्यु भएको छ । योसँगै नेपालमा कुल ५७८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share