कोरोना भाइरसका एक हजार ५५१ जना सङ्क्रमित थपिए
२० आश्विन २०७७, मंगलवार १६:४१काठमाडौं । नेपालमा कोरोना भाइरसका एक हजार ५५१ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ४७ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा सो संख्या पुष्टि भएको हो ।
थप एक हजार ५५१ जना सङ्क्रमितसहित ९० हजार ८१४ पुग्यो । हाल २२ हजार ७०९ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।
मन्त्रालयले पछिल्लो २४ घण्टामा दुई हजार ३४० जना कोरोना सङ्क्रमित निको भएर घर फर्केको जनाएको छ । हालसम्म ६७ हजार ५४२ सङ्क्रमित निको भएर घर फर्केका छन् ।
पछिल्लो २४ घण्टामा नौजनाको मृत्यु भएको छ । याेसँगै कोरोना भाइरसको कारणले मृत्यु हुनेको संख्या ५६३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।