शनिबार, कार्तिक १५, २०७७

कोरोनाभाइरसका दुई हजार ४४० जना सङ्क्रमित थपिए

१९ आश्विन २०७७, सोमबार १८:४८
खबरइरा संवाददाता

काठमाडौं । नेपालमा कोरोनाभाइरसका दुई हजार ४४० जना सङ्क्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा १३ हजार ७८१ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा दुई हजार ४४० जनामा सङ्क्रमण पुष्टि भएको जनाएको हो । थपिएका सङ्क्रमितसँगै नेपालमा सङ्क्रमित ८९ हजार २६३ पुगेको छ । हाल २३ ह्जार ५०७ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।

मन्त्रालयले पछिल्लो २४ घण्टामा एक हजार १३३ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केकाे जनाएकाे छ । हालसम्म ६५ हजार २०२ सङ्क्रमित निको भएर घर फर्केका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share