कोरोना भाइरसका दुई हजार ७२२ सङ्क्रमित थपिए
१६ आश्विन २०७७, शुक्रबार १६:३९काठमाडौं । नेपालमा कोरोना भाइरसका दुई हजार ७२२ सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै नेपालमा सङ्क्रमितको संख्या ८२ हजार ४५० पुगेको छ । हाल नेपालमा २१ हजार २३४ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा तीन हजार ३०७ जना कोरोनाभाइरस सङ्क्रमित निको भएर घर फर्केका छन् । योसँगै नेपालमा कोरोनाबाट संक्रमणमुक्त हुनेको संख्या ६० हजार ६९६ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा ११ जना सङ्क्रमितको निधन भएको छ । योसँगै नेपालमा अहिलेसम्म कोरोनाका कारणले मृत्यु हुनेको संख्या ५२० पुगेको छ ।