शुक्रबार, कार्तिक ७, २०७७

कोरोना भाइरसका एक हजार ९११ सङ्क्रमित थपिए

१५ आश्विन २०७७, बिहीबार १६:३६
खबरइरा संवाददाता

काठमाडौं । नेपालमा कोरोनाभाइरसका एक हजार ९११ सङ्क्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ४४४ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा एक हजार ९११ जनामा सङ्क्रमणको पुष्टि भएको हो । थपिएका सङ्क्रमितसँगै नेपालमा सङ्क्रमित ७९ हजार ७२८ पुगेको छ । हाल २१ ह्जार ८३० जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छ ।

मन्त्रालयले पछिल्लो २४ घण्टामा ९६१ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म ५७ हजार ३८९ सङ्क्रमित निको भएर घर फर्केका छन् । पछिल्लो २४ घण्टामा ११ जना सङ्क्रमितको मृत्यु भएको छ । यो सँगै कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ५०९ पुगेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share